निर्मलाका लागि न्याय माग्ने १२ जना राष्ट्रपति कार्यालय अगाडिबाट पक्राउ

40

छिनछिन खबर
काठमाडौं,मंसिर २० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका ९ पुरुष र ३ जना महिला गरि १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले रातोपाटीलाई जानकारी दिए ।

उनका अनसार निर्मलाको न्यायका लागि भन्दै स्वस्फुर्त रुपमा भेला भएका विद्यार्थीको समूहले प्रवेश निषेधाज्ञा तोड्न खोज्दा उनीहरुलाई नियन्त्रणमा लगिएको हो । उनले भने– ‘राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै हुनुहुन्थ्यो । उनीहरुकोे प्रदर्शनले सवारीमा अवरोध आउने भएकाले पनि नियन्त्रणमा लिइएको हो ।’उनीहरुलाई अहिले वृत्तको हिरासतमा राखिएको जानकारी दिँदै डिएसपी प्रसाईले अलि केरकार केही समयमा छोडने तयारी भएको बताए ।
Womui
Womui