आगलागी हुँदा औषधी पसलको करोड बढी क्षति

101

नेपालगन्ज, मंसिर २०-
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको सामुन्ने रहेका औषधी पसलमा बुधबार राती आगलागी भएको छ । प्रहरीका अनुसार बुधबार राती साढे १० बजेतिर ती पसलमा आगलागी भएको हो । आगलागीबाट माया फार्मेसी सफा मेडिकल तथा सँगै रहेको धिरज जनरल स्टोरमा ठुलो क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अरुण पौडेलका अनुसार आगोलाई प्रहरी र दमकल मिलेर नियन्त्रणमा लिएका हुन् । उनले भने, ‘आगो लागेको घटना थाहा पाउने बित्तिकै हामी पुग्यौं र दमकलको सहायताले आगो नियन्त्रणमा लियौं ।’ आगलागीबाट सफा मेडिकलको करिव ५० लाख र माया फार्मेसीको ४० लाख रूपैयाँ बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् । धिरज जनरल स्टोरको पनि २ लाख बढीको क्षति भएको पसल सञ्चालकले बताएका छन् । सबै पसलको क्षति एक करोड नाघेको प्रहरीले जनाएको छ । माया फार्मेसी र धिरज जनरल स्टोरका सञ्चालक एउटै ब्यक्ति हुन् ।

Womui
Womui