भारतीय क्रिकेटर गौतम गम्भीरले लिए सन्यास

24

छिछिन खबर
काठमाडौं, मंसिर १९ (एजेन्सी) । भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो दुई वर्षदेखि भारतीय टिममा पर्न नसकेका गम्भीरले आफ्नो फेसबुक पेजमा भिडियो पोस्ट गरेर सन्यासबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘सबैभन्दा मुश्किल निर्णय भारी मन लिएर गरिन्छ । मैले भारी मनसहित त्यो घोषणा गर्दैछु, जसबारे म जीवनभर डराइ रहेँ ।’ गम्भीरले सबैभन्दा लामो समय भारतीय टिममा टेस्ट, एक दिवसीय र २०–२० क्रिकेटका महत्वपूर्ण ब्याट्सम्यान रहे । सन् २०११ को विश्वकप फाइनलमा उनले सर्वाधिक ९७ रन बनाएका थिए । उनकै रनको सहयोगमा भारत विजेता बनेको थियो ।


३७ वर्षीय गम्भीरले सन् २००३ मा बंगलादेशविरुद्धको टेस्ट क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अर्को वर्ष उनी अस्ट्रेलियाविरुद्धको खेलबाट एक दिवसीयमा डेब्यु गरे । उनले ५८ टेस्ट क्रिकेटमा ४ हजार १५४ रन बनाएका छन् । यसमा ९ शतक र २२ अर्धशतक रहेका छन् । यस्तै १४७ एक दिवसीय क्रिकेटमा उनले पाँच हजार २३८ रन बनाएका छन् । यसमा ११ शतक र ३४ अर्धशतक रहेको छ । ३७ अन्तर्राष्ट्रि २०–२० क्रिकेटमा उनले ९३२ रन बनाएका छन् । आइपिएलमा उनको कप्तानीमा र हेको कोलकाता नाइट राइडर्स दुईपटक च्याम्पियन बनेको छ ।

Womui
Womui