व्यक्तिगत मुद्धतिमा ब्याज बढ्ने भयो

37

छिनछिन खबर
काठमाडौं, मंसिर १९ । व्यक्तिगत मुद्धतिमा बचत गर्न खोज्दै हुनुहुन्छ भने खुशीको खबर छ । अब बैंकहरूले व्यक्तिगत मुद्धतिमा ब्याज वृद्धि गर्ने भएका छन् । बैंकर्स संघले व्यक्तिगत मुद्धतिमा बैंकहरूले आफूखुशी ब्याज दिन सक्ने निर्णय गरेपछि निक्षेपकर्ताले बढी ब्याज पाउने भएका हुन् । उक्त निर्णयपछि बैंकहरूले ब्याज वृद्धिको सूचना सार्वजनिक गर्न थालेका छन् । बुधबार माछापुच्छे्र बैंकले साढे १२ र जनता बैंकले १२ प्रतिशत ब्जाजमा निक्षेप संकलन गर्ने सूचना जारी गरेका छन् । संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपमा विगतमा भएको सहमति खारेज गरेर बैंकले आफूलाई मन लागेजति ब्याज दिनसक्ने ब्यवस्था गरेको छ ।


बैंकर्स संघको यो निर्णयसँगै व्यक्तिगत मुद्दति निक्षेप राख्ने निक्षेपकर्ताहरुलाई मालामाल भएको छ । निक्षेपकर्ताले बैंकसँग बार्गेनिङ गरेर बढीभन्दा बढी ब्याज लिन पाउने भएका छन् । यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा साढे १० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति थियो । बैंकर्स संघको निर्णयले फेरि एकपटक बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा संस्थागत निक्षेप तान्न बढी ब्यजा दिने बैंकहरुले अब भने ब्यक्तिगन निक्षेपमा ब्याज बढाउने भएका छन् ।

संस्थागत निक्षेपका लागि भने बैंकर्स संघले अवधि तोकेको छ । १० वर्षका लागि ११ प्रतिशत भन्दा बढी ब्याज दिन नपाइने र १० वर्षभन्दा माथि भए निक्षेपकर्ता र बैंकको आपसी सहमतिमा जतिपनि ब्याज दिन सक्नेछन् ।

Womui
Womui