दीपिका र रणवीरमा को धनी ?

212

मुम्बई–एजेन्सी । बलिउड नायिका दीपिका पादुकोण र रणवीर सिंह भर्खरै विवाह बन्धनमा बाँधिएका छन् । बिहेपछि उनीहरुको उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएलगत्तै तहल्का नै मच्चाएको थियो ।  १८ नोभेम्बरमा दीपिका र रणवीर इटालीबाट आफ्नो घर मुम्बई फर्किएका थिए । घरमा उनीहरुका दुवै तर्फका साथीभाइ र आफन्त तथा मिडियाले समेत भव्य स्वागत गरेका थिए । दीपिका र रणवीरले कपडा एकै प्रकारको लगाएका थिए ।

दीपिकाको शीरमा सिंन्दुर सजिएको थियो भने कलामा मंगलसुत्र पहिरिएकी थिइन् । उनीहरु दुवैजना बलिउडका चर्चित नायक–नायिका हुन् । रणवीर एउटा फिल्म खेलेको ८ करोड लिन्छन् । तर दीपिका पादुकोण भने एउटा फिल्ममा काम गरेको ९ करोड रुपैया लिन्छिन् । दुवैले आफ्नो विवाहमा करोडौं रुपैयाँ खर्चिएका थिए । तर विवाहपछि दुईमध्ये को कति धनाढ्य भन्ने चर्चा चलेको छ भारतीय सञ्चार माध्यमममा । दीपिका बलिउडकी टप १० हिरोइनमध्ये एक हुन् । संजय लीला भन्सालीको फिल्म पद्मावतमा उनले १२ करोड रुपैँया लिएकी थिइन् ।
फिल्म ‘पद्मावत’ मा दीपिकाको शुल्क रणवीर र शाहीद कपूरभन्दा बढी थियो । साथै फोर्ब्सले सन् २०१७ मा सयभित्र बलिउडका धनाढ्यको सूचिमा दीपिकाको नाम पनि सार्वजनिक गरेको थियो । जसमा दीपिका ११ नम्बरमा परेकी थिइन् । उनको करिब ५९.५ करोड सम्पति रहेको बताइएको छ ।


यता, बलिउडमा रणवीर सिंह फोर्ब्सको सन् २०१७ को धनाढ्यहरुको सूचीमा १० नम्बरमा छन् । रणवीरको कुल सम्पत्ति ६२.६ करोड रुपैयाँ रहेको बताइएको छ । रणवीर सिंहले पनि टुरिजम, चिङ्ग सिग्रेट, जैक एण्ड जोन्स, रुपा फ्रन्टलाइन लगायतका ब्राण्डसँगको विज्ञापनमा काम गरेर पैसा कमाउने गरेका छन् । तर फोर्ब्सले सन् २०१८ को धनी सूचीहरुको नाम भने अझै सार्वजनिक गरेको छैन ।
यसबाट के देखिन्छ भने कमाइको सवालमा रणवीर र दीपिका दुवै धनाढ्यको सूचीमा पर्छन् । उनीहरु दुवै जनाले आफ्नो विवाहमा करिब १७ करोड खर्च गरेका छन् । दीपिकाले विवाहको लागि १५ करोडको लेहेङ्गा लगाएकी थिइन् । साथै फुलमालामा ३ करोडको औठी लगाएकी थिइन् । त्यतिमात्रै नभएर उनले विवाहमा २० लाखको मंगलसूत्र पहिरिएकी थिइन् ।

Womui
Womui