हक जा हानद्वारा आर्शिवाद, क्रिश्चियन राष्ट्र बनाउन आग्रह

27

छिनछिन खबर
काठमाडौं, मंसिर १६ । युनिफिकेसन चर्चकी प्रमुख हक जा हानले आफूसँग आउनेलाई आशिर्वाद दिएकी छन् । काठमाडौंमा शनिबारदेखि सुरु भएको एसिया प्यासिफिक समिटको उद्घाटन सत्रमा आशिर्वाद लिन आउनेहरुलाई क्रिस्चियन (ईश्वरीय) राष्ट्र स्थापना गर्न आग्रह समेत गरेकी छन् । सम्बोधनमा हानले आफू जिससको छोरी भएको भन्दै जिसस, क्रिस्चियानिटी र आफ्नो प्रशंसा गरेकी थिइन् । हानले लामो समयदेखि विश्वमा बढेको हिंसा अन्त्य गर्न आफू पृथ्वीमा आएको दाबी गर्दै आएकी छन् । हानले ईश्वरप्रति विश्वास बढाउन आफू पृथ्वीमा आएको बताएकी थिइन् ।


’जिससको छोरीमार्फत नेपालमा आर्शिवाद लिन आउनुहुने जोजो हुनुहुन्छ, सबैले यो सन्देश सबैतिर फैलाउनुहोस् र ईश्वरीय राष्ट्रको स्थापना गर्नुहोस् हानले सम्बोधनका क्रममा भनिन् । ‘ब्रह्माण्डमा २०० देश भएता पनि तिनीहरु मालिक होइनन् । ईश्वर हुनुहुन्छ उहाँको बारेमा सबैले थाहा पाउनै पर्छ’, उनले थपिन्, ’उहाँले नै जिससको छोरी सृष्टि गर्नुभयो । यसरी सृष्टि गर्नु भएको छोरी भएकाले भगवानको आशिर्वाद पाउने ठाउँ बनाउनु मेरो जिम्मेवारी हो ।’ उनले संसारको चाहाना र अभिप्रायकै कारण आफू जिससको छोरीको रुपमा आएको बताइन् । क्रिस्चियानिटीबाट मात्रै ईश्वरको उद्देश्य पूरा हुने उनको भनाइ छ ।

Womui
Womui