प्रधानमन्त्री केपी ओलीलाई १ करोड ११ लाख रुपैयाँको सुशासन पुरस्कार

85

छिनछिन खबर
काठमाडौं, मंसिर १६ । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलन २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो ।


पुरस्कारको राशि १ लाख अमेरिकी डलर (करिब १ करोड ११ लाख रुपैयाँ) छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताए । सुशासन बिना विकास सम्भव हुन नसक्ने उनको भनाइ छ ।
ओलीले सरकार जनसेवाका सबै क्षेत्रहरूमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको स्पष्ट पारे । ओलीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताए ।

Womui
Womui