नेपालगन्जमा खाद्य मेला-२०७५ सञ्चालन हुने

128
नेपालगन्ज, मंसिर १४-
नेपालगन्जमा खाद्य मेला-२०७५ सञ्चालन हुने भएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा यही मंसिर २८ देखी पुस १ गतेसम्म रामलिला मैदानमा मेला सञ्चालन हुने भएको हो । ‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रर्वद्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मुल नाराका साथ उक्त मेला आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा कार्यालय प्रमुख एवम् वरिष्ठ खाद्य अनुसन्धान अधिकृत जोत्सना श्रेष्ठले उक्त मेलामा विभिन्न खाद्य बस्तुसहितको ६० वटा स्टल रहने बताईन् । स्टलमा विभिन्न जातजाती हरुको मौलिक परम्परागत पोषणयुक्त खाद्य पर्दाथको स्टल, स्थानीय उद्योगहरुबाट उत्पादित खाद्य पदार्थहरुको प्रर्दशनी तथा विक्री स्टल, होटल/रेष्टुरेन्ट, ब्यवसायीको स्टल आदी रहने बताइएको छ ।
मेला सञ्चालन गर्न करिव १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । श्रेष्ठका अनुसार मेलामा सबै स्टल निःशुल्क रुपमा उपलब्ध हुनेछन् । ‘मेला अवलोकन पनि निःशुल्क रुपमा गर्ने ब्यवस्था मिलाइएको छ,’ उनले भनिन् । मेलामा विभिन्न विधामा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिने कार्यालयले जनाएको छ । विभिन्न जात जातीहरुको मौलिक पहिरन सहितका झाँकीहरुको प्रर्दशनी र प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता सहितको साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ । नृत्य प्रतियोगितामा उत्कृष्ट सहभागीलाई पुरस्कृत गरिने खाद्य निरीक्षक एकराज बुढाथोकीले बताए ।
Womui
Womui