फुटबलर निराजन रायमाझीकी पत्नी पक्राउ, १ करोड ३८ लाख ठगीको आरोप

119

छिनछिन खबर
काठमाडौं, मंसिर १४ । चर्चित फुटबल खेलाडी निराजन रायमाझीकी पत्नी संगीता अधिकारी रायमाझी पक्राउ परेकी छन् । क्यानाडा पठाइदिन्छु भन्दै छ युवाबाट १ करोड ३८ लाख ठगी गरेको आरोपमा उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । रकम ठगी गरेपछि केही समयता उनी फरार थिइन् । ठूलो रकम ठगी गरेर फरार रहेकी रायमाझीलाई अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको एसएसपी धिरज प्रताप सिंहले बताए ।


प्रहरीका अनुसार पीडितहरूको राहदानीमा क्यानडाको नक्कली भिसा लगाएर रायमाझीले ठगी गरेको थिइन् । काभ्रेका नविन तामाङबाट २३ लाख, दोलखाका सुदिन खड्काबाट २६ लाख २० हजार, भक्तपुरका रामकृष्ण सुवालबाट १९ लाख ९० हजार, काभ्रेका धिरेन्द्र कुमार पुलामीबाट २२ लाख र भक्तपुरका जयराम सुकुभुटुबाट २० लाख लिएर रायमाझी फरार भएकी थिइन् ।

Womui
Womui