प्रतिमालाई मेयर राणाद्धारा एक महिनाको तलब भत्ता सहयोग

107

नेपालगन्ज, मंसिर १४-
बाँके, खजुरा निवासी १७ बर्षिया प्रतिमा शर्मालाई नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले शुक्रबार ५० हजार सहयोग गरेका छन् । खजुरा गाउँपालिका वडा नम्बर ४ डिगाउँस्थित उनकै घरमा पुगेर प्रतिमाका बुवा मदनप्रसाद र आमा सितादेवीलाई राणाले चेक हस्तान्तरण गरे । पढाईमा जेहेन्दार प्रतिमाले त्रिभुवन विश्व बिद्यालयमा १५ सय जनालाई पछाडी पार्दै केहीदिन अघि आरक्षण कोटामा नाम निकाल्न सफल भएकी थिईन् ।

आर्थिक रुपले कमजोर रहेको उक्त परिवारले छोरीलाई एमबिबिएस पढाउन समस्या भएपछि विभिन्न दाताले सहयोग गर्दै आएका छन् । नगर प्रमुख राणाले पनि प्रतिमालाई एमबिबिएस अध्ययनका लागि उक्त सहयोग गरेका हुन् । राणाले आफ्नो तलब, भत्ता विभिन्न सामाजिक काममा लगानी गर्दै आएका छन् । शर्मा दम्पतीलाई चेक हस्तान्तरण गर्दै राणाले कान्छी छोरी सान्त्वनाको पनि पढाई लेखाईमा उचित ब्यवस्था मिलाईदिने प्रतिवद्धता जनाए ।

सो क्रममा राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता रत्न खत्री, खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तिलकबीर सुनार, पत्रकार महासंघ प्रदेश पाँचका सचिव शुक्रऋषि चौलागाई लगायतको उपस्थिती रहेको थियो । प्रतिमा हाल काठमाडौंमा बसेर एमबिबिएसको पढाई सुरु गरेकी छन् ।

Womui
Womui