प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

113

छिनछिन खबर
काठमाडौं,मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीबीच भेटवार्ता भएको छ ।शुक्रबार बिहान काठमाडौको अन्नपूर्ण होटलमा प्रधानमन्त्री ओली र सुकीबीच भेटबार्ता भएको हो ।

प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय आपसी हितका बारेमा कुराकानी भएको छ ।यसैवीच आजै काउन्सिलर सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सुकी हाल नेपालको औपचारिक भ्रमणमा रहेकी छन् ।

भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार काठमाडौँ आइपुगेकी हुन् ।

Womui
Womui