कम्बोडियाका प्रधानमन्त्री सेन पाटन दरबार पुग्दा जे देखियो

138

छिनछिन खबर
काठमाडौं,मंसिर १४ । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । नेपाल भ्रमणमा रहेका प्रधानमन्त्री सेनले शुक्रबार बिहान ऐतिहासिक तथा पूरातात्विक महत्वको पाटन दरबार क्षेत्रभित्र रहेकोे कृष्ण मन्दिर, पाटन संग्राहलय र नजिकै रहेकोे हिरण्य वर्ण महाविहारको पनि रुचिपूर्वक भ्रमण गरेका हुन् ।

बिहान करिव साढे १० बजेतिर सो क्षेत्रमा पुगेका उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले स्वागत गरेका थिए । त्यस अवसरमा उनको सम्मानमा नेवारी संस्कृति झल्कने खालका नेवारी बाजासमेत बजाइएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री सेनले भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको पुनर्निर्माणबारे पनि चासो राखेका थिए । प्रधानमन्त्री सेनले पाटन दरबार क्षेत्रभित्र रहेका सम्पदाहरुको रुचिपूर्वक अवलोकन गर्नुभएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

भ्रमणका क्रममा उनले छैठौं शताब्दीमा बनेको हिरण्य वर्ण महाविहारमा पुजापाठ समेत गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री सेनलाई भूकम्पले क्षति पुर्याएका सम्पदाहरुबारे विस्तृत जानकारी गराइएको थियो । एसिया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहिबार काठमाडौं आइपुगेका थिए ।
रासस

Womui
Womui