काबुलमा भएको आक्रमणमा ९ नेपाली सुरक्षा गार्ड घाइते

144

छिनछिन खबर
काठमाडौं,मंसिर १४ । अफगानिस्तानमा तालिबानको आक्रमणमा परी ९ नेपाली घाइते भएका छन्। बुधबार राजधानी काबुलस्थित ’जिफोरएस’को कार्यालयमा भएको हमलामा परी एक बेलायती नागरिकसहित कम्तिमा ६ जनाको मृत्यु भएको थियो।

’जिफोरएस’ सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था हो। घाइते हुने सबै ९ जना नेपाली सोही कम्पनीमा कार्यरत थिए। घाइतेहरुमध्ये केहीलाई गोलीसमेत लागेको बताइएको छ।घाइतेमध्ये ३ जनाको अवस्था सामान्य रहेको र आजै अस्पतालबाट डिस्चार्जसमेत हुने बताइएको छ। बाँकी ६ जनाको भने अवस्था गम्भीर रहेको छ। उनीहरुको स्थानीय बागराम अस्पतालमा उपचार भइरहेको छ।

Womui
Womui