कम्बोडियाका प्रधानमन्त्री सेन र म्यान्माकी विदेशमन्त्री सु की काठमाडौंमा

33

छिनछिन खबर
काठमाडौँ, मंसिर १३ । कम्बोडियाली प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर रहेकी विदेशमन्त्री आङ सान सु की काठमाडौं आई पुगेका छन् । शुक्रवारदेखि शुरु हुने एसिया प्यासिफिक समिटमा सहभागी हुन उनीहरु विहीबार काठमाडौं आइपुगेका हुन् ।


प्रधानमन्त्री सेन र नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत स्वागत गरेका गरे । अन्य मुलुकका पाहुनापनि बिहीबार र शुक्रबार काठमाडौं आउदै छन् । एसिया प्यासिफिक समिटमा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन् । मसिंर १३ र १४ गते सम्मेलन हुँदैछ ।


विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ ।विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ ।

Womui
Womui