एसिया प्यासिफिक सम्मेलनभरि सवारीसाधनमा जोरबिजोर नम्बर

52

छिनछिन खबर
काठमाडौं, मंसिर १३ । एसिया प्यासिफिक सम्मेलनमा आउने विदेशी पाहुनाको आवागमन सहज पार्न बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । सम्मलेनत मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर नम्बरका सवारी साधन चलाउन सबै तयारी पूरा गरिसकेको छ ।


१३ र १५ गते बिजोर नम्बरका सवारी र १४ र १६ गते जोर नम्बरका सवारीसाधन चल्न पाउनेछन् । एम्बुलेन्स, दमकल, शैक्षिक संस्था, दूध, तरकारी, औषधी र खानेपानी ढुवानी गर्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन । १३ देखि १६ गतेसम्म हुने जोरबिजोर प्रणालीको सम्पूर्ण प्रचारप्रसारको काम सकिएको महाशाखाले जनाएको छ । सम्मेलनमा भाग लिन आउने पाहुनाको सहज यातायात आवागमनका लागि बाहिरी जिल्लाबाट समेत १ सय ५० जना ट्राफिक प्रहरीलाई काठमाडौं ल्याइएको छ । ४२ मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखसहित १ हजार ५ सय विशिष्ट व्यक्ति सहभागी हुने एशिया प्यासिफिक सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । यतिधेरै संख्यामा उच्च तहका पाहुना पनि नेपालमा पहिलोपटक भेला हुन गइरहेका हुन् । तर, कार्यक्रमको आयोजक भने नेपाल सरकार छैन । सम्मेलन हायात होटलमा हुनेछ भने विशिष्ट पाहुनाहरूको बसाइँ अन्य पाँचतारे होटलमा हुने व्यवस्था मिलाइएको छ ।

सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष र सरकार प्रमुख, सभामुख, सांसद, राजनीतिक दलका नेता, विभिन्न धर्मका धार्मिक अगुवा, महिला नेतृ, सञ्चारकर्मी सहभागी हुने आयोजकले जनाएको छ ।

Womui
Womui