न्यायाधीश बिदामा बसेपछि एनसेल लाभकर विवादको मुद्दा स्थगित

103

छिनछिन खबर
काठमाडौं, मंसिर १३ । एनसेलको सेयर खरिद बिक्रीमा लाभकर कसले तिर्नुपर्ने भन्ने मुद्दाबारे सर्वोच्चको अन्तिम सुनुवाइ रोकिएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठ बिदामा बस्दा एनसेलको पूर्ण सुनुवाइ बिहीबार स्थगित भएको हो । असोज १८ देखि यसको अन्तिम सुनुवाइ सुरु भएको थियो । रिनोल्डस होल्डिङसँग भएको ८० प्रतिशत सेयर खरिद बिक्रीमा लाभकर नपाएपछि विवाद सुरु भएको थियो ।
पाँच न्यायाधीशको पूर्ण इजलासमा उक्त मुद्दा हेर्दाहेर्दै रहेको थियो । उक्त मुद्दा न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भइरहेको थियो ।


बिहीबारदेखि पक्षका कानुन व्यावसायीहरूले उक्त मुद्दामा बहस गर्दै थिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै पालामा फैसला गर्न एनसेल पक्षले लविङसमेत थालेको थियो । प्रधानन्यायाधीश मिश्रको कार्यकाल यही पुस १७ गते सकिँदैछ । उक्त मुद्दाको पेसी कम्तिमा १५ दिन पर सर्ने भएकाले यो मुद्दाको सुनुवाइ पर धकेलिएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण इजलासले अन्तरिम आदेश जारी गर्दा मागिएको फाइल र निर्णय पुनः माग गर्दै मुद्दाको अन्तिम सुनुवाइ पन्छाइएको थियो ।

तर, बिहीबार निरन्तर सुनुवाइ गर्ने भन्दै ‘हेर्दा–हेर्दै’मा राखेर सुनुवाइ सुरु भएको हो । लाभकर छले पनि लाभांश विदेश लैजान कम्पनीले यसअघि नै आदेश पाएको थियो । यसअघि एनसेलको पक्षमा आदेश जारी भई २४ अर्ब ५० करोड रुपैयाँ विदेश लगिसके पनि उक्त कम्पनी नेपालमै रहेकाले कर तिर्नुपर्ने दाबी गर्दै नागरिक समाजका तर्फबाट हालिएको रिट र कम्पनीका तर्फबाट दायर दुवै निवेदन अर्कै ठाउँमा राखी संयुक्त इजलासबाट सुनुवाइ हुन लागेको हो ।

Womui
Womui