अज्ञात समुहद्धारा फेरी पाँच वटा ईलेक्ट्रिक रिक्सामा आगजनी

101

नेपालगन्ज, मंसिर १३-
नेपालगन्जको ब्यस्त सडक धम्बोझीमा अज्ञात समुहले ५ वटा इलेक्ट्रिक रिक्सामा आगजनी गरेको छ । स्थानीय अव्दुल लतिफ हल्वाईको ४ वटा र अव्दुल रसीको एउटा इलेक्ट्रिक रिक्सामा बुधबार राती करिव पौने १२ बजेतिर आगजनी गरिदिएको प्रहरीले जनाएको छ । धम्बोझी चोकदेखी करिव दुई सय मिटर पश्चिममा पार्किङ गरेर राखिएको को.न.पा. १५५, भे १ ह १२२०, भे १ ह २३३९, जमुनी २२९ र रनियापुर ४७ नम्वरको ईलेक्ट्रिक रिक्सामा अज्ञात समुहले आगजनी गरिदिएको निमित्त प्रहरी प्रमुख (डिएसपी) राजेन्द्र अर्यालले जानकारी दिए । सोही अज्ञात समूहले नजिकै रहेको एउटा घुम्ती पसलमा पनि आगजनी गरिदिएएको प्रहरीले जनाएको छ ।

यस्तै नजिक रहेका दुई वटा किराना पसलमा समेत मट्टितेल छर्केर आगजनीको प्रयास गरेको छ । यसअघि सोमबार राती पनि नागरिक दैनिकका नेपालगन्ज संवाददाता अर्जुन ओलीको नेपालगन्ज–१० भृकुटीनगरस्थित घरमा पार्किङ गरिएको मोटरसाईकलमा अज्ञात समुहले आगजनी गरिदिएको थियो । प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । श्रंखलावद्ध रुपमा आगजनीका घटना हुन थालेपछि नेपालगन्जबासी त्रसित भएका छन् । घटनाले नेपालगन्जको शान्ति, सुरक्षामाथी गम्भिर प्रश्न उठेको छ । जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका ईन्चार्ज एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टले घटनाको अनुसन्धान गरिरहेको बताए । नेपालगन्जको शान्ति, सुरक्षाका लागि प्रत्येक चोकमा सिसि टिभी क्यामेरा जडान गरिएपनि अपराधिक घटना दोहोरिरहेका छन् ।

Womui
Womui