१२६ घण्टा लगातार नाचेर बन्दना नेपालले बनाइन् विश्व रेकर्ड

67

छिनछिन खबर
काठमाडौं, मसिर १२ । १२६ घण्टा लगातार शास्त्रीय नृत्य गरेर महालक्ष्मी नगरपालिका–९ धनकुटा निवासी बन्दना नेपालले विश्व रेकर्ड बनाएकी छन् । लगातार १२६ घन्टा चाचेपछि उले गिनिज बुक अफ वल्र्डमा आफ्नो नाम दर्ज गरेकी हुन् । उनले गएको शुक्रबार बिहान ७ बजेदेखि बुधबार १२ बजेर १६ मिनेटसम्म निरन्तर नृत्य गरेकी थिइन ।

गिनिज बुक अफ वल्र्डका प्रतिनिधिहरुले उनलाई प्रत्येक घण्टामा ५ मिनेट पानी खाना र शौचालय जाने सुविधा दिएका थिए । नृत्य गर्दा गर्दै उनले खाना पनि खाने गरी थिइन । १७ वर्षीया किशोरी बन्दना काठमाडौंको चेल्सी स्कुल कक्षा १२ मा अध्ययन गरिरहेकी छन् । उनले काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनले नृत्य गरेकी थिइन् । विश्वभरका ब्यक्तिले नाचेर बनाएको रेकर्डलाई उनले तोडेकी छिन् । विश्व रेकर्ड बनाएकी बन्दनालाई बधाई दिन नेकपा वरिष्ठ नेता माधव नेपाल बत्तीसपुतलीको बिग पार्टी प्यालेस पुगेका थिए ।

Womui
Womui