नेपालगन्ज म्याराथनको पुरुषतर्फको उपाधि भूमिराज राईलाई र महिलामा कान्छीमाया कोजु च्याम्पियन

80

छिनछिन खबर
नेपालगन्ज, मंसिर ८ । नेपाल पुलिसका भूमिराज राईले चौथो संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिवार नेपालगन्जमा सम्पन्न म्याराथनमा राईले निर्धा्रित दूरी २ घण्टा ३३ मिनेट २० सेकेण्डमा पूरा गरे । एपीएफका खिमबहादुर खत्री दोस्रो र गणेश ठकुरी तेस्रो भए । खिमले २ घण्टा ३५ मिनेट ३२ सेकेण्डमा दुरी पुरा गरे भने गणेशले २ घण्टा ४७ मिनेट २८ सेकेण्ड लगाए ।

पहिलो, दोस्रो र तेस्रो भएका क्रमशः भुमिराजले ६० हजार, खिमबहादुरले ३०, गणेशले २० हजार रुपैयाँ प्राप्त गरे । यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफकी कान्छीमाया कोजुले जितिन् । उनले निर्धारित दूरी १ घण्टा २२ मिनेट २२ सेकेण्डमा पूरा गरिन् । एपीएफकै वृन्दा धान्के श्रेष्ठ दोस्रो तथा कृष्णेश्वरी सिन्तकला तेस्रो भइन् । वृन्दाले निर्धारित दूरी १ घण्टा २५ मिनेट ४४ सेकेण्ड तथा कृष्णेश्वरीले १ घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरिन् ।  कान्छिमायाले ३० हजार, वृन्दाले १५ र कृष्णेश्वरीले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

Womui
Womui