कांग्रेस प्रवक्ता शर्मा भन्छन्– यो देशमा सरकार छ र ?

102

छिनछिन खबर
काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो देशमा सरकार छ र ? भन्नुपर्ने अवस्था आएको बताएका छन् ।
उनले दिनैपिच्छे हत्याहिंसाका घटनाहरू बढीरहेको भन्दै निर्मला पन्तका बुबा न्याय माग्न धर्नमा बस्दा मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगिसक्दा पनि सरकारले लाचारी पन देखाउनु दुखद भएको बताए । शर्माले एक आइएनजीओको मातहत बसेर सरकारले ‘क्रिश्चियन धर्म प्रचार’का लागि सहआयोजक बसेर सम्मेलन गर्न लागेकोमा समेत सरकारको आलोचना गरे ।


कोरियाको युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले मंसिर १४ गतेदेखि १७ गतेसम्म राजधानीको होटल हयात रिजेन्सीमा गर्ने ‘द एसिया प्यासिफिक समिट मा सरकार सहआयोजक बसेकोमा कांग्रेसले आपत्ति जनाएको हो । शर्माले सुशासनका क्षेत्रमा हराएको सरकार अहिले एनजिओले गरेको कार्यक्रममा सहआयोजकका रूपमा भेटिएको बताए । एनजिओहरू नेपाल सरकारको मातहतमा रहनुपर्नेमा सरकार नै एनजिओको मातहतमा रहेको भन्दै दुख व्यक्त गरे ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले सरकारले ध्यान दिनुपर्ने मुख्य विषयवस्तुहरूलाई ध्यान नदिई एनजिओ आयोजक भएको कार्यक्रमहरूमा ध्यान दिएको बताए । दुईतिहाइ बहुमतको बलियो सरकार एनजिओको नियन्त्रणमा हुनलाई यत्ति छिट्टै सरकार कमजोर भइसकेको हो र ? भन्दै प्रवक्ता शर्माले प्रश्न गरे ।

Womui
Womui