ओली सरकार दलालको इशारामा चलिरहेको छः प्रकाण्ड

51

छिनछिन खबर
काठमाडौं, मंसिर ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले केपी शर्मा ओलीको कम्युनिष्ट सरकार विदेशी दलालको इशारामा चलिरहेको आरोप लगाएका छन् । उनले अहिलेको सरकार आफ्नो पार्टी विरुद्ध दमनमा उत्रिएको आरोप समेत दावी गरे । नेपाल कम्युनिस्ट पार्टीको पार्टी पुनर्गठन दिवसमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले ओली सरकारले दमन नरोके जनताको अदालतमा उभिनुपर्ने चेतावनीसमेत दिए ।


उनले देउवा सरकारले भन्दा पनि बढी अहिलेको सरकारले आफ्नो पार्टीलाई अघोषित प्रतिवन्ध गरेको बताए । ‘दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ,’ उनले थपे,’ सरकारले पुष्टि गरेर देखाओस् । हाम्रो पार्टी देश द्रोही हो भनेर ।’ प्रकाण्डले रामबहादुर थापाको गृहप्रशासनविरुद्ध एकीकृत जनक्रान्ति आवश्यक रहेकोसमेत बताए ।

Womui
Womui