काठमाडौंको गैह्रीगाउँमा दुई युवतीमाथी छुरा प्रहार

41

छिनछिन खबर
काठमाडौं, मंसिर ८ । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा दुई युवतीमाथी छुरा प्रहरी गरिएको छ । छुरा प्रहारबाट उनीहरू घाइते भएका छन् । शनिबार अज्ञात समूहले उनीहरूमाथि छुरा प्रहार गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।


घाइते दुवै जना युवतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको डिएसपी गोविन्दराज काफ्लेले बताए । घटना कसले र किन घटायो त्यसको एकिन भने हुन सकेको छैन । प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

Womui
Womui