धान थ्रेसर गर्दा मेशिनमा परेर एक बालिकाको मृत्यु

28

छिनछिन खबर
लमही, मंसिर ८ । धान दाउने क्रममा थ्रेसरमा परी एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैका शोमराज चौधरीकी ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आफ्नै खेतको धान दाउने क्रममा मेशिनमा परेर गम्भीर घाइते बिपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । थे्रसर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Womui
Womui