थानकोटमा शुरू भयो सिन्दुर जात्रा

187

छिनछिन खबर
काठमाडौं, मंरिर ८ । तीन दिन सम्म मनाउने यो जात्रा चन्द्रागिरि भञ्ज्याङको काखमा पर्ने थानकोटमा सुरू भएको छ । यो जात्रालाई महालक्ष्मी जात्रा पनि भनिन्छ । यसलाई न्हूँद ११३८ (नयाँ वर्ष) सुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ । स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमरः र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमरः(सातगाउँले जात्रा) भनिन्छ ।यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामूहिक जात्रा पनि हो ।

तीन दिनसम्म मनाइने यो जात्राको पहिलो दिन महालक्ष्मीको जात्रा गरिने धातुको मुर्ति गुठीका पालो पर्ने गुठियार्को घरबाट अपरान्हतिर ल्याएर मन्दिरमा स्थापित गरिन्छ । राति महालक्ष्मी मन्दिरको प्राङ्गणमा होम गरेर देवदेवीलाई आह्वान गरिन्छ । यसलाई नेवारीमा ‘हवं यायगु’ भनिन्छ । आचाजु (कर्माचार्य थरका दिक्षित व्यक्ति) द्वारा तान्त्रिक विधिपूर्वक होम गराइन्छ ।

होम गर्दा गुठियार्हरूले राति बोका बली दिएर सम्य य्बजी खान्छन्र यसोगर्दा जात्रामा बिध्नवाधा आउँदैन भने जनविश्वास छ ।यसैगरी जात्राको दोस्रो दिन बिहानदेखि महालक्ष्मी, आदिनारयण, भैरवनाथ आदिको दिनभर पूजा आराधना गरिन्छ । ब्रत उपासना बस्ने गरिन्छ । कुनै कुनै भक्तजनहरूले त पूर्णिमाको रातभरि आफ्नो जिउका विभिन्न अंगमा दियो बालेर उपसाना र जाग्राम पनि बस्ने गरेको पाइन्छ ।

र अन्त्यमा तेस्रो दिन झिसमिसेमै सिन्दुर जात्रा प्राम्भ हुन्छ । पूर्णिमाको बिहानीपख महालक्ष्मीलाई विधिपूर्वक पूजा गरी खटमा बसाइन्छ । तत् पश्चात सिद्धि विनायक र महालक्ष्मी मूर्तिमा पुनः पुजा आरधना गरिन्छ । सर्वसाधारणको घुइँचोसँगै सिन्दुर जात्रा प्रारम्भ हुन्छ्र दिनभर विभिन्न टोलमा रथलाई परिक्रममा गरिन्छ ।महालक्ष्मी, गणेश र भैरवको मिलन गराएर बेलुका आठ नो बजेतिर जात्रा सम्पन हुन्छ ।

Womui
Womui