डडेल्धुरा बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाकै सनाखत

141

छिनछिन खबर
डोटी, मंसिर ७ । बिहीबार साँझ डडेल्धुराको रडुवा खोलामा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका सबै १८ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशब कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शंकर जोरा, सोही नगरपालिका–८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका–११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ मा बस्ने ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल छन् ।


यस्तै, डडेल्धुराको नवदुर्गा गाउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका–३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका–१० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका–३ का १७ वर्षीय तिलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका–११ का २४ वर्षीय पदम विकको ज्यान गएको छ ।

ज्यान गुमाएकाहरुको पोष्टमार्टम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा गर्ने तयारी भएको साथ घाइते २६ जनामध्ये १३ जनाको उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र बाँकी ११ जनालाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ । बिहीबार साँझ डडेल्धुराबाट डोटी जाँदै गरेको से १ क २९३ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल रडुवा खोलामा खसेर दुर्घटना भएको थियो ।

Womui
Womui