राजदूतमा सिफारिस भएका विरूद्ध उजुरी आह्वान

121

छिनछिन खबर
काठमाडौं, मंसिर ७ । सरकारले विभिन्न चार देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूका विरूद्धमा उजुरी माग गरेको छ ।
संघीय संसदको सुनुवाइ समितिले शुक्रबार सूचना जारी गर्दै भारत, मलेसिया, युएई र इजरायलका लागि राजदूतमा सिफारिस भएका क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र अञ्जान शाक्यलाई राजदूतमा सिफारिस गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाण सहित मंसिर १७ भित्र उजुरी दिन आग्रह गरेको छ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन

कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको थियो । ती देशमा लामो समयदेखि राजदूत नियुक्ति हुन नसक्दा सरकारको कुटनीतिक काममा समस्या हुँदै आइरहेको छ ।

Womui
Womui