वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी

169

छिनछिन खबर
दमौली, मंसिर ७ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले बलात्कार गरेको भन्दै जाहेरी दर्ता गराएकी हुन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानूनअनुसार अनुसन्धान गरिने बताए । उनका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ ।


ती महिलाले शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा समेत जाहेरी दिएकी छिन् । तर न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीमा पठाएको थियो । वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाउन खोजिएको दावी गरेका छन् । उनले आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको बताए ।

Womui
Womui