किष्ट बैंक घोटालाका तत्कालीन नायब महाप्रबन्धक घर्तीसहित दुई जना पक्राउ

52

छिनछिन खबर
काठमाडौं, मंसिर ७ । किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ । उनीहरूलाई बैंकिङ कसुर अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पछि प्रहरीले घर्तीलाई हिरासतमा राखेको छ । श्रेष्ठले भने बिरामी भएको बताएपछि अस्पताल भर्ना गरिएको डिएसपी श्यामबाबु ओलियाले बताए ।


बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली गत असोज १९ गते पक्राउ परिसकेका छन् । ज्ञवाली र उनकी श्रीमती गौरी खनाललाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै ३–३ वर्ष जेल र दुवैलाई ६ करोड २५ लाख गरी १२ करोड ५० लाख रुपैयाँ सजाय सुनाइएको थियो । सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको पाइएपछि पुनरावेदन अदालत पाटनले २०७३ असोज ४ गते ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको थियो ।

Womui
Womui