नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई ‘हर्ट अट्याक’

78

छिनछिन खबर
काठमाडौँ, मंसिर ७ । काँग्रेसको भ्रतृ संगठन नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाइ हृदयघात भएको छ ।गएराती निवासमै उनलाई हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अहिले बासबारीस्थित गंगालाल अस्पतालमा अपरेशनको तयारी भैरहेको नेबिसंघका नेता सुशील भट्टले जानकारी दिएका छन् ।उनको अवस्था भने स्थिर रहेको बताइएको छ ।अस्पतालमा अहिले काँग्रेस नेता प्रकाशमान सिंह, रामशरण महत, प्रदीप पौडेल सहित नेबिसंघका नेताहरुको भीड लागेको छ ।नेता पौडेलका अनुसार काफ्लेलाई शुरुमा हेम्स अस्पताल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गंगालाल अस्पतालमा ल्याइएको हो ।चिकित्सकहरुका अनुसार काफ्लेलाई ४८ घण्टा आइसीयुमा राख्नुपर्नेछ ।काफ्ले काँग्रेस नेता कृष्ण सिटौला निकट मानिन्छन् ।
Womui
Womui