विवाहपछिको दीपिका–रणवीर जोडी

50

एजेन्सी– इटालीमा विवाह सम्पन्न गरेका भारतीय चर्चित जोडी दीपिका पादुकोण र रणवीरले विवाहलगत्तै तस्वीरहरु गोप्य राखे । विवाह मण्डपदेखि त्यहाँभित्र अबलम्वन गरिएका प्रक्रियाबारे सीमित व्यक्तिबाहेक अन्यलाई थाहा पाउन गाह्रो भयो । लामो समय प्रेममा रहेका उनीहरुले विवाहपछि आफ्नो सामाजिक सञ्जालबाट ३ वटा मात्र फोटो सार्वजनिक गरेका छन् । विवाहपछि दीपिका रणवीरको घरमा भित्रिसकेकी छिन् ।


६ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए । बलिउडमा यो नै वर्षको ठूलो विवाह समारोह भएको थियो । १४–१५ नोभेम्बर इटालीको सुन्दर सहरमा उनीहरुको भव्य वैवाहिक कार्यक्रम चले पनि उनका फ्यानहरु तस्वीर हेर्नबाट बञ्चित भएका थिए ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण इटालीको लेक कोमोमा विवाह समारोह आयोजना भएको थियो ।

इटालीको सहर लेक कोमोमा उनीहरु एक अर्काको भएका थिए।

Womui
Womui