डोल्पा सदरमुकाम दुनै सडकको राष्ट्रिय सञ्जालमा

181

छिनछिन खबर
डोल्पा, मंसिर ५ । भूगोलका हिसाबले कठिन र मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गरेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो ।


एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो । दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको छ । जाजरकोट–दुनै सडक निर्माण कार्यदलका संयोजक तथा नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडीले दुनैमा मोटरबाटो निर्माण गर्दाको पीडा काम सम्पन्न भएपछि बिर्सिएको बताए ।

Womui
Womui