रोल्पामा आगोमा जलेर बालकको मृत्यु

95

छिनछिन खबर
रोल्पा, मंसिर ५ । जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिनाका भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशालको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बेलुका ६ बजेतिर पुनको फुसले छाएको घरमा आगो लाग्दा घर भित्रै सुतिरहेका विशालको मृत्यु भएको हो ।


आगलागीबाट घरभित्र रहेका अन्तपात, लत्ता कपडा, भाँडा वर्तन समेत जलेर नष्ट भएका छन् । प्रहरी र स्थानीयको क्रियाशीलतामा केही घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरी प्रमुख दीपक खड्काले बताए ।

Womui
Womui