सन्दीप लामिछाने पाकिस्तानको सुपर लिगमा छनोट

29

छिनछिन खबर
काठमाडौं, मंसिर ४ । क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा छनोट भएका छन् । मंगलबार सन्दीपलाई लाहोर कलन्दर्सले ५० हजार अमेरिकी डलरमा खरिद गरेको हो । चौथो संस्करणको पाकिस्तान सुपर लिग सन् २०१९ को फेब्रअरी १७ मा सुरु हुँदैछ । लिगमा नेपाली टिमका चर्चित बलर सोमपाल कामी पनि अक्सनमा परेका छन् । तर उनलाई अहिलेसम्म कुनै पनि टिममा समावेश गरेको घोषणा गरेका छैनन् ।


इन्डियन प्रमियर लिग (आइपिएल) मा दिल्ली डेयर डेभिल्सबाट डेब्यु गरेका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि पछिल्लो समय उनलाई एकपछि अर्काे सफलता मिलिरहेको छ । हाल उनी ग्लोबल टी–२० क्यानडा, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र बिग ब्यासमा अनुबन्ध भइसकेका छन् ।

Womui
Womui