उदयपुरमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, ३६ बढी घाइते

191

छिनछिन खबर
उदयपुर, कात्तिक २६ । उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।


मृत्यु हुनेमा १९ वर्षकी विनिता चौधरी, २० वर्षका इन्द्र चौधरी र २० वर्षका दीपिका चौधरी छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै वेलका नगरपालिका २ भागलपुरका रहेको बताइएको छ । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।तीब्र गतिका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

Womui
Womui