वैज्ञानिकलाई सर्पले टोक्यो, त्यसपछि लेखे आफ्नै मृत्युको कहानी

252

कात्तिक २५ । ( एजेन्सी ) के कुनै वैज्ञानिक अध्ययनका लागि आफ्नो ज्यान दिन सक्छन् ? इतिहासमा यस्तो कुनै एक नभई विभिन्न उदाहरण छन् । यसैमध्ये एउटा कहानी छ कार्ल पिटरसन सिमिटको ।सन् १९५७, सेप्टेम्बरको महिना । अमेरिकाको शिकागो प्रान्तको लिंकन पार्क चिडियाघरमा काम गर्ने एक व्यक्तिले एउटा अचम्मको सर्प भेटे ।७६ सेन्टिमिटर लामो यो सर्पको प्रजातिबारे थाहा पाउनका लागि त्यसलाई शिकागो नेचुरल हिस्ट्रि म्युजियम ल्याइयो । त्यहाँ उनको भेट चर्चित वैज्ञानिक कार्ल पिटरसन सिमिटसँग भयो ।

 

पब्लिक रेडियो इन्टरनेशनलसँग जोडिएकी एलिजाबेथ शकम्यानका अनुसार सिमिटलाई सरीसृप विज्ञानका एक ठूला जानकार मानिन्थ्यो ।उक्त सर्पको शरिरमा बहुरंगी आकृति थिए । उनी सर्पको प्रजाति पत्ता लगाउनका लागि तयार भए ।त्यसपछि सेप्टेम्बर २५ तारिखमा अनुसन्धानको क्रममा उनले थाहा पाए कि उक्त सर्प अफ्रिकी देशमा पाइने एक प्रकारको सर्प थियो ।

कस्तो थियो त्यो सर्प ?

उक्त सर्पको टाउको बूमस्ल्यांग सर्पजस्तो थियो जुन सब–सहारन अफ्रिकाको जंगलमा पाइन्छ ।तर सिमिट आफ्नै अनुसन्धानका लागि विश्वस्त थिएनन्  ।आफ्नो जर्नलमा उक्त अनुसन्धानबारे सिमिटले लेखेका छन, ‘मलाई यो सर्प बूमस्ल्यांग हुनुमा शंका छ किनभने यो सर्पको एनल प्लेट बाँडिएको थिएन ।’तर आफ्नो शंका हटाउनका लागि सिमिटले जे गरे त्यसले उनको ज्यान नै लियो ।

जब सर्पले सिमिटलाई टोक्योः

सिमिट सर्पलाई निकै नजिक ल्याएर त्यसको शरिरमा बनेको आकृतिको अध्ययन गर्न थाले ।उनी अचम्मित हुँदै सर्पको शरिर र टाउकोमा बनेको आकृति र रंगलाई हेरिरहेका थिए त्यति नै बेला सर्पले उनको औंलामा टोक्यो ।तर सिमिट अस्पताल जानुको साटो आफ्नो औंलालाई चुसेर सर्पको विष बाहिर निकाल्ने कोसिस सुरु गरे ।यतिमात्र होइन, उनले आफ्नो जर्नलमा सर्पले टोकेपछिको अनुभवलाई टिपोट गर्न सुरु गरे ।

आफ्नो जर्नलमा सिमिट लेख्छन्ः

– ४ः३० देखि ५ः३०ः बान्ता आउलाजस्तो महसुस भएपनि आएन । मैले होमवुडसम्म एक रेलमा यात्रा गरें ।– ५ः३० देखि ६ः३०ः निकै चिसो र झट्का लागेको जस्तो अनुभूती त्यसपछि १०१.७ डिग्रीको ज्वरो आयो । बेलुकी ५ः३० बजे नै दाँतबाट रगत आउन सुरु भयो ।– ८ः३० बजेः मैले दुईवटा टोस्ट खाएँ । राती ९ः०० देखि १२ः२० सम्मः म आरामले सुतें । त्यसपछि मैले पिसाब गरे जसमा धेरैजसो रगत थियो ।२६ सेप्टेम्बर बिहान ४ः३० बजेः मैले एक गिलास पानी पिएँ । बान्ता भयो ।

शरिरले जुन पचाउन सकेको थिएन त्यो सबै बाहिर निस्कियो । त्यसपछि मैले निकै आनन्द महसुस गरें र बिहान साढे ६ सम्म सुतें ।’बिहान साढे ६ बजेः मेरो शरिरको तापक्रम ९८.२ डिग्री सेल्सियस थियो । मैले टोस्टसँगै उसिनेको अण्डा, एप्पल सस, सेरियल्स र कफी पिएँ । त्यसपछि पिसाब भएन । त्यसको साटो हरेक तीन घण्टामा एक आउन्स रगत निस्कियो । मुख र नाकबाट लगातार रगत निस्किरह्यो तर धेरै मात्रामा होइन ।तर त्यतिबेलासम्म ढिला भइसकेको थियोः

त्यसपछि दिउँसो साढे एक बजे उनले आफ्नी श्रीमतीलाई फोन गरे तर डाक्टर पुग्दासम्म सिमिटको पूरा शरिर पसिनाले भिजिसकेको थियो ।उनी बेहोस थिए । अस्पताल पुुर्याउने क्रममा एक डाक्टरले उनलाई होशमा ल्याउन निकै कोसिस गरे ।तर दिउँसो तीन बजेसम्म डाक्टरले सिमिटलाई मृत घोषित गरे । डाक्टरका अनुसार सास फेर्न समस्या भएका कारण सिमिटको मृत्यु भएको थियो ।

कसरी असर गर्छ बूमस्ल्यांगको विष ?

अफ्रिकी सर्प बूमस्ल्यांगको विष निकै तीब्र रुपमा असर गर्छ । कुनै पंक्षीको ज्यान लिनका लागि यसको ०.०००६ मिलिग्राम विष पर्याप्त छ ।यो विषको प्रभावले शरिरमा रगत जम्न सुरु हुन्छ फलस्वरुप रक्तसंचारमा बाधा पुुग्छ ।त्यसपछि शरिरको विभिन्न अंगबाट रगत निस्कन सुरु हुन्छछ र त्यसपछि पीडितको मृत्यु हुन्छ ।सिमिटको पोष्टमर्टम रिपोर्ट अनुसार उनको फोक्सो, आँखा, मुटु, मृगौला र दिमागबाट रगत बगिरहेको थियो ।‘शिकागो ट्रिब्यून’ मा यसबारे छापिएको खबरमा सिमिटको मृत्यु अघि उनलाई अस्पताल जान सल्लाह गरिएको थियो तर उनले यसो गर्दा लक्षणमा असर पर्न सक्छ भन्दै अस्विकार गरेको दाबी गरिएको थियो ।केही मानिसहरु सिमिटको जिज्ञासाले नै उनको ज्यान लिएको बताउँछन् ।

यद्यपी, केही मानिसहरु मान्छन् कि सिमिट यति प्रतिष्ठित वैज्ञानिक थिए कि उक्त विषको असर कम गर्ने औषधी अफ्रिकामा मात्र उपलब्ध भएको उनलाई थाहा थियो त्यसकारण उनले आफ्नो मृत्युलाई स्विकार गरेका थिए ।पब्लिक रेडियो इन्टरनेशनलका साइन्स फ्राइडे प्रोग्रामलाई प्रस्तुत गर्ने टम केमनामारा भन्छिन् ‘सिमिट आफ्नो मृत्यु नजिक देख्दा अलिकति पनि डराएनन् । यसको साटो उनी अन्जान बाटोमा अघि बढे ।’

Womui
Womui