किन भाँडियो राप्रपा एकता ?

130

प्रनिलबहादुर खड्का
काठमाडौं, कात्तिक २५ । राप्रपा, राप्रपा प्रजातान्त्रिक तथा एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रक्रिया तत्काललाई रोकिएको छ ।
आइतबार यी ती पार्टीबीच एकता हुने तयारी थियो । राप्रपा अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई भेटेका थिए । त्यसपछि उनले आफ्नो पार्टीका केन्द्रीय सदस्यलाई भेटबारे ब्रिफिङ गरेका थिए । थापाले बैठकमा ब्रिफिङ गरेअनुसार राप्रपा प्रजातान्त्रिकको अनावश्यक अस्पष्टताले एकता प्रक्रिया तत्काललाई रोकिएको छ ।


राप्रपा राष्ट्रवादी नआए पनि एकता गर्ने बाँकी दुई राप्रपाले तयारी गरिरहेका थिए । ‘तर, अन्तिम समयमा राप्रपा प्रजातान्त्रिकको तर्फबाट मिलिसकेका विषयमा पनि फरक तर्क उठाएपछि एकता हुन नसकेको एक नेताले बताए । दुई पार्टीबीच महाधिवेशनमा सबै सैद्धान्तिक विषय टुंग्याउने मोटामोटी सहमति भइसकेको थियो । छलफल लम्बिँदै जाँदा राजतन्त्र, चुनाव चिह्न, हिन्दू राष्ट्रका विषयमा करिब–करिब मिलन बिन्दु पहिल्याई सकिएको थियो । तर, पछि तिनै विषयहरुमा फरक बुझाइ आउन थालेको थियो । अन्तिममा त राजसंस्था तथा चुनाव चिह्न लगायतका विषय नै प्रतिष्ठाको विषय बन्न थालेको बताइएको छ । राप्रपा प्रजातान्त्रिकका तर्फबाट दुई हप्ता समय मागिएको बताइएको छ ।

Womui
Womui