राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख थापाको सरुवा, यस्तो छ सरुवाको कारण

105

छिनछिन खबर
काठमाडौं, कात्तिक २४ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाको एक्कासि सरुवा गरिएको छ । सरुवा गर्ने समय नरहेको अवस्थामा थापालाई सरुगा गरिएपछि एकाएक चर्चा बढेको छ । उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाको हस्तक्षेपमा सरुवा गरिएको बताइएको छ । खतिवडा यसअघि नै थापासँग असन्तुष्ट रहँदै आएका थिए । सरकारको पक्षमा आर्थिक तथ्यांकहरु प्रस्तुत नगरेको भन्दै थापासँग अर्थमन्त्री खतिवडा आक्रोशित थिए । दुई साताअघि राष्ट्र बैंकको टोली अर्थमन्त्री खतिवडालाई ब्रिफिङ गर्न अर्थ मन्त्रालय पुगेको थियो । सरकारले राजश्व थुपारेर राख्ने तर खर्च नगर्दा बैंकहरुमा तरलता अभाव लगायतका समस्या देखिएको भन्दै थापाले यथार्थपरक टिप्पणी गरेका थिए । तर, सरकारको कमजोरी देखाएको भन्दै अर्थमन्त्री खतिवडाका आर्थिक सल्लाहकारसमेत रहेका ज्वाईं रामशरण खरेलले राष्ट्र बैंकको ब्यवस्थापनलाई थापाको सरुवा गर्न दबाब दिएको स्रोतको भनाइ छ ।


अर्थमन्त्रीको दबाब थेग्न नसकेर राष्ट्र बैंकको ब्यवस्थापनले थापालाई सरुवा गरेको स्रोतले दावी ग¥यो । राष्ट्र बैंक व्यवस्थापनले गत मंगलबारदेखि थापालाई अनुन्धान विभागबाट हटाएर राष्ट्र ऋण व्यवस्थापन विभाग पठाएको छ । राष्ट्र बैंक स्वायत्त निकाय भएपनि पछिल्लो समय स्वायत्तता गुमाउँदै गएको छ । अनुसन्धान विभागको कार्यकारी निर्देशकमा गुनाकर भट्टलाई ल्याइएको छ । उनी खतिवडाका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

Womui
Womui