सरकारलाई प्रभावकारी बनाउन मन्त्री फेरबदल गर्नुपर्छः प्रचण्ड

38

छिनछिन खबर
पोखरा, कात्तिक २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामलाई प्रभावकारी बनाउन अहिलेका मन्त्रीहरू फेरबदल गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीले मन्त्रीहरूको काम सम्बन्धमा उनीहरूसँग छलफल गरेपछि हेरफेर हुने बताए । त्यसपछिसरकारले काममा गति लिने बताए । उनले सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे जे समस्या छ वा त्यस्ता केही नमिलेका तथा अपुग छन् भने त्यो मिलाएर अगाडि बढ्ने बताए ।


अध्यक्ष प्रचण्डले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुनेगरेको आरोप लगाए । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वबीचको बुझाइमा एकरूपता नहुँदा नयाँ प्रणाली स्थापित हुन कठिन भइरहेको उनको भनाइ छ ।

Womui
Womui