अमेरिकाको मध्यावधि चुनावमा ट्रम्पलाई झट्का, तल्लो सदनमा विपक्षी दलको बहुमत

41

अमेरिका, कात्तिक २१ (एजेन्सी) । अमेरिकाको तल्लो सदन प्रतिनिधि सभामा विपक्षी दल डेमोक्रयाटले बहुमत ल्याएको छ । मध्यावधि चुनावमा डेमोक्रयाटले स्पष्ट बहुमत ल्याएको छ भने माथिल्लो सदन सिनेटमा सत्तारुढ दल रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ । तल्लो सदनमा विपक्षी दलले बहुमत ल्याएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्ना कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने देखिएको छ ।


राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्या्टिक पार्टी आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो । ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्किएको देखाएको छ । डेमोक्रयाटले भने ट्रम्प विरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ ।

तल्लो सदनमा बहुमत ल्याएपछि डेमोक्र्या्टिक पार्टीकी नेता नान्सी पालोसीले समर्थक र मतदातालाई धन्यवाद व्यक्त गर्दै भोली अमेरिकाका लागि नयाँ दिन हुने बताइन् । राष्ट्रपतिमा निर्वा्चित भएको दुई वर्षमै ट्रम्प सरकारले व्यहोरेको हारले अमेरिकामा सत्ता सन्तुलन स्थापित गराउन सक्ने बताइएको छ । अमेरिकी चुनाव अधिकारी माइकल म्याकडोनल्डका अनुसार यस चुनावमा कुल ३८ दशमलव ४ लाख अमेरिकनले आफ्नो मताधिकारको प्रयोग गरेका थिए । प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि मतदान भएको थियो ।

Womui
Womui