मन्त्रीकै अस्पतालमा झडपः नवजात शिशुको मृत्युपछि तनाव

131

छिनछिन खबर
जनकपुर,कात्तिक २१ । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको लगानी रहेको जानकी हेल्थ केयर सेन्टरमा नवजात शिशुको मृत्युु भएपछि अस्पतालमा तनाव भएको छ । नवजात शिशुको मृत्युका कारण आक्रोशित पीडित पक्षले शिशु मृत्युुबारे अस्पताल प्रशासनसमक्ष आक्रोश पोख्दा एकजनाको अस्पतालका कर्मचारीले आँखा नै फुटाइदिएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ बस्ने सृजना देवीलाई उपचारका लागि जानकी हेल्थ केयर ल्याइएको थियो । तर, डाक्टर नभएका बेला नर्सहरुलेनै डेलेभरी गराउन खोज्दा बच्चाको मृत्यु भएको थियो ।घटनापछि आक्रोशित पीडित पक्षलाई अस्पतालका एक्सरे टेक्निसियन आर्दश यादवले हातपात गरेर अस्पतालबाट बाहिर निकाल्न खोजेपछि दुवै पक्षबीच विवाद भएको थियो । विवादपछि अस्पतालका सुरक्षागार्डहरुले कुटपिट समेत गरेको पीडितका आफन्त अनुरागकुमार महतोले बताए ।झडपमा ४० वर्षीय किशोरी महतोको आँखा फुटेको छ । उनको उपचारको लागि काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा पठाइएको छ । झडपपछि प्रहरीले पीडितका भाइ मोहन महतो र अस्पतालका एक्सरे टेक्निसियन आदर्श यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Womui
Womui