नेपालीलाई विदेश घुम्न जान कडाई, अब सटही सुविधा १५ सय डलर मात्र

168

प्रशिद्धिका खड्का
काठमाडौं, कात्तिक २१ । मनपरी तवरले विदेश घुम्दै हुनुहुन्छ ? त्यसो हो भने कठिन हुने भएको छ । विदेश घुम्न जाने नेपालीको संख्या बढेपछि राष्ट्र बैंकले अमेरिकी डलरको सटही सुविधामा कटौती गरेको छ । राष्ट्र बैंकले भारतबाहेक अन्य देश जाने नेपाली नागरिकलाई राहदानीवापत प्रत्येक पटक १५ सय अमेरिकी डलरमात्र सटही सुविधा दिने व्यवस्था गरेको छ । यसभन्दा अगाडि २५ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिने गरिएको थियो ।

 

गत आर्थिक वर्षमा यसरी घुम्न जानको लागि मात्र ७९ अर्ब रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १९ अर्ब रुपैयाँ घुम्न जाने नेपालीले खर्च गरेका छन् । राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले स्वदेश भ्रमणलाई प्रोत्साहन गर्नको लागि अमेरिकी डलरको सटही सुविधामा कटौती गरिएको जानकारी दिए । ‘पहिला स्वदेश अनि मात्र विदेश घुम्ने नीतिलाई कार्यान्वयनको लागि यो व्यवस्था लागु गरिएको हो,’ ढुंगानाले भने । खासगरी पछिल्लो समय देशबाट भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटा ६ वर्षकै उच्च छ । २५ अर्ब रुपैयाँले भदौ महिनासम्ममा शोधानान्तर घाटामा छ ।

Womui
Womui