आज धनकी देवी लक्ष्मीपूजा

105

छिनछिन खबर
काठमाडौं, कात्तिक २१ । आज नेपालीहरूको महान चाड तिहारको तेस्रो दिन लक्ष्मीपूजा हो । धनकी देवी लक्ष्मीको पूजा गरिने भएकाले आजको रात विशेष रात पनि हो । लक्ष्मी देवीको पूजा गरी घरभरि दियो, बत्ती बाली विशेषपूर्वक मनाइन्छ ।


वर्षका चार महत्वूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । आजको दिन हिन्दु महिलाहरूले घर–घरमा गएर भैलो खेल्ने चलन छ। भैली खेल्न आउनेलाई धान, चामल, पैसा र नैबेद्य दिएर विदा गर्ने चलन छ । यसरी दान गरेपछि भैलेहरूले आशिस दिने प्रचलन रहँदै आएको छ ।

Womui
Womui