नेपाल संवतका सबै कार्यक्रम स्थगीत

38

छिनछिन खबर
काठमाडौं, कात्तिक २१ । नेपाल संवत तथा मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधनका कारण नेपाल संवत् ११३९ को कुनै कार्यक्रम नहुने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले जनाएको छ ।


‘हरेक वर्षझैँ यस वर्ष पनि नेपाल १९३९ नयाँ वर्षको उपलक्ष्यमा ने.सं. ११३९ कछलाथ्व पारु (कात्तिक २२ गते) काठमाडौंको बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो,’ समितिले भनेको छ‘ दिवंगत तुलाधरप्रति सम्मान अर्पणका लागि कार्यक्रम स्थगित गरिएको हो ।’ अन्य स्थानका कार्यक्रमहरू पनि स्थगित गरिएको जनाउँदै समितिले तुलाधरको १३ दिने पूण्यतिथि पश्चात अन्य अनुकूल दिनमा कार्यक्रम गर्ने निर्णय गरेको छ । तुलाधरको आइतबार निधन भएको हो ।

Womui
Womui