पिपिएलको उपाधि घरेलु टिमलाई

29

माया गुरुङ
पोखरा, कात्तिक २० । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम पोखरा पल्टनले जितेको छ । ब्याट्सम्यान रविइन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टन उपाधि कब्जा गर्न सफल भएको हो । मंगलबार भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा पल्टन च्याम्पियन बनेको हो ।


पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ । चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाउनु प¥यो ।
चितवन राइनोजका अलराउन्डर सनी पटेल उत्कृष्ट खेलाडी बने । उनले प्रतियोगितामा ७ इनिङमा १ अर्धशतकसहित १ सय ९४ रन जोडेका थिए । यस्तै उनले १० विकेट लिन सफल भएका थिए । चितवन राइनोजकै तीव्र गतिका बलर करण केसी प्रतियोगिताको उत्कष्ट बलर भए । उनले प्रतियोगितामा १२ विकेट लिएका थिए ।

हुलास काठमाडौं रोयल्यसका गौरव तोमार उत्कृष्ट ब्याट्सम्यान भए । तोमारले प्रतियोगितामा सबैभन्दा बढी ६ इनिङमा २ सय १२ रन जोडेका थिए । फाइनलमा चितवन राइनोजलाई ३ विकेटले हराएर च्याम्पियन बनेको पोखरा पल्टनका तीव्र गतिका बलर रासिद खान इमर्जिङ खेलाडी भए । उनलाई ५१ हजार रुपैयाँ प्रदान गरियो । पोखराकै स्पिनर ललितनारायण राजवंशी मोस्ट भ्यालुएबल खेलाडी भए । उनलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरियो ।

Womui
Womui