कांग्रेस महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म

54

छिनछिन खबर
काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा महासमिति बैठक गर्ने निर्णय गरेको हो ।


यसअघि मंसिर पहिलो साता तय गरेको महासमिति तयारी नपुगेको भन्दै सारिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले पद्मरत्न तुलाधर र सर्लाहीमा गोली लागेर मारिएका कांग्रेस कार्यकर्ता रामविलाश महतोको शोक प्रस्ताव समेत पारित गरेको छ ।

Womui
Womui