अब मलेसिया जाने कामदारले न्यूनतम तलब ३१ हजार रुपैयाँ पाउने

146

क्वालालम्पुर, कात्तिक १७ (एजेन्सी) । रोजगारीका लागि मलेसिया जाने सोचिरहेका व्यक्तिका लागि खुशीको खबर छ । मलेसियन सरकारले हाल कामदारले पाइरहेको न्यूनतम पारिश्रमिकमा प्रतिमहिना ५० रिंगिट थप गरी ११ सय रिंगिट करिब ३१ हजार रुपैयाँ पु¥याउने निर्णय गरेको छ । अर्थमन्त्री लिम ग्वान इङले मलेसियन संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कामदारको तलब बढ्ने घोषणा गरेका हुन् । अर्थमन्त्री इङले बढेको न्युनतम तलब आगामी जनवरीबाट लागू हुने बताए । कामदारले अधिक रुपमा भने जति पनि पारिश्रमिक पाउनेछन् ।

कामदारले पाउँदै आएको पारिश्रमिक न्यून भएके भन्दै चौतर्फी बिरोधपछि सरकार कामदारको तलब बढाउन तयार भएको हो ।
मलेसियामा करिब ५ लाख नेपाली कार्यरत छन् । विभिन्न देशका आप्रवासी कामदारको संख्या १८ लाख ९२ हजार २ सय ४७ रहेको छ । तर त्यहाँ अभिलख नभएका आप्रवासीको संख्या पनि ठूलो छ ।नेपाल र मलेसियाबिच कामदार भर्ती सम्बन्धि दोहोरो समझदारी पत्रमा गत साता हस्ताक्षर भएको छ । नयाँ सम्झौतामा कामदारको आर्थिकभार कटौती भएको छ ।

समझदारीपछि दुवै देशका मन्त्रीले अब मलेसिया जाँदा नेपाली कामदारले खर्च गर्नु नपर्ने बताएका छन् । नेपालमा भएको स्वास्थ्य परीक्षण, सुरक्षा प्रपाणिकरण लगायतमा भएको खर्च पनि मलेसियामा रोजगारदाताले फिर्ता गर्नेछन् । समझदारी कार्यन्वयन भए नेपाली कामदारले पनि फाइदा लिने छन् । मलेसिया नेपालीको रोजगारीको प्रमुख गन्तव्य हो ।

Womui
Womui