कांग्रेस महासमिति बैठक तोकिएको समयमा नहुने

60

छिनछिन खबर
काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसको महासमिति बैठक तोकिएको समयमा नहुने भएको छ । कांग्रेसले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले प्रतिवेदनले अन्तिम रुप नलिँदा महासमितिको बैठक सर्ने निश्चित भएको नेताहरुले बताएका छन् । मस्यौदा समितिले महासमिति सदस्यको संख्या, केन्द्रीय समिति र पदाधिकारीको संख्या, संसदीय र अनुशासन समिति गठनलगायतका विषयमा सहमति जुटाउन सकेको छैन ।


समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कार्य समितिले अनुमोदन गरेपछि स्वीकृतिका लागि महासमिति बैठकमा स्वीकृतिका लागि पेश गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ ।शुक्रबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमा महामन्त्री शशांक कोइरालाले महासमितिको बैठक दुई हप्ता पर सर्न सक्ने जानकारी दिए । महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनु पर्ने भए पनि शेरबहादुर देउवा सभापति भएपछि साढे तीन वर्ष यता पहिलोपटक बैठक बोलाउन लागिएको हो ।

विधान संशोधनसँगै महासमिति बैठकमा पेश गर्ने राजनीतिक, आर्थिक प्रस्तावसमेत तयार भएर केन्द्रीय समितिमा छलफल हुन बाँकी छ । महासमिति बैठक छिटो बोलाउनु पर्ने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले निरन्तर दबाब दिँदै आएको छ । गत वर्ष भएका चुनावमा पार्टी पराजित भएपछि त्यसको जिम्मा सभमापतिले लिनुपर्ने बताउँदै पौडेल पक्षले डेढ वर्षपछि हुने १४ औं महाधिवेशनका लागि आधार तयार पार्न खोजिरहेको छ ।

Womui
Womui