प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

42

छिनछिन खबर
काठमाडौँ, कात्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज गरिएको छ । छातीमा संक्रमण भएपछि अस्पताल भर्ना भएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।


डिस्चार्ज भएपछि ओली सरकारी निवास बालुवाटार पुगेका छन् । छातीको संक्रमण, ज्वरो र खोकीबाट ग्रस्त भएपछि ओली सोमबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओलीको शुक्रबार बिहानको स्वास्थ्य परीक्षणका प्रतिवेदन अध्ययनपछि स्थिति सामान्य देखिएको पाइएको थियो ।

Womui
Womui