केशव स्थापित भए मन्त्रीबाट बर्खास्त

67

छिनछिन खबर
काठमाडौं, कात्तिक १६ । प्रदेश ३ का भौतिक योजना तथा विकास विकासमन्त्री केशव स्थापित पदबाट बर्खास्त गरिएका छन् । शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले उनलाई बरखास्त गरेका हुन् । स्थापितलाई संविधानको धारा १ सय ६९ बमोजिम पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।


’मन्त्री स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम बर्खास्त गरिएको हो । संविधानको धारा १ सय ६९को उपधारा २ (ख)मा मुख्यमन्त्रीले पदमुक्त गरेमा मन्त्रीको पद रिक्त हुने व्यवस्था छ । बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र अपशब्द प्रयोग गरेका थिए । आफूलाई मुख छोडेर गाली गरेपछि मुख्यमन्त्री पौडेल यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य नेताहरूसँग कुरा गरेपछि स्थापितलाई बरखास्त गर्ने निर्णय गरेका हुन् ।

Womui
Womui