नेपालका हवाई कम्पनीले थाइल्याण्डमा साताको २८ उडान गर्न पाउने

111

प्रनिलबहादुर खड्का
काठमाडौं, कात्तिक १६ । नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ । सम्झौता पुनरावलोकनपछि नेपाली एअरलाइन्सले थाइल्याण्डमा साताको २८ उडान गर्न पाउने भएका छन् । दुई देशबीच सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौता भएको थियो । त्यसपछि पहिलोपटक सम्झौता पुनरावलोकन भएको हो । थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव शुरेस आचार्यले उक्त सम्झैतामा हस्ताक्षर गरेका छन् ।


नयाँ परिवेसमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाले निर्धारण गरेका मापदण्ड अनुसार पुनरावलोकन भएको नेपाली टोलीको नेतृत गरेर गएका सहसचिव आचार्यले जानकारी दिए । सम्झौताका बारेमा वार्ता गर्न नेपालबाट मन्त्रालयका सहसचिव आचार्य उपसचिव प्रमोद नेपालको टोली गएको थियो । सम्झौताअनुसार अवदेखि दुवै देशका एयरलाइन्सले हप्तामा २८ उडान गर्न पाउने भएका छन् । कुनै पनि प्रकारको जहाजबाट दुवै देशका एयरलाइन्सले हप्तामा २८ उडान गर्ने छन् । यसमा नेपालमा थाइ एयरलाइन्सहरुलाई काठमाडौं बाहिरका विमानस्थलमा उडान गर्न उत्प्रेरित गर्ने सम्झौता भएको आचार्यले बताएका छन् ।

यसअघि दुई देशका एयरलाइन्सले हप्तामा १० वटासम्म उडान गर्न मिल्ने व्यवस्था गरेको थियो । त्यस्तै नयाँ सम्झौताअनुसार दुई देशबीच हुने कार्गो उडानको सीमा तोकिने छैन । अहिले थाइल्यान्डका थाइ एयरवेज र थाइलायन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन भने नेपालबाट नेपाल एयरलाइन्सले उडान गरिरहेको छ ।

Womui
Womui